Event of Interfaith Harmony Week in Nepal

In by

More

2019-02-08 4:30 PM - 6:00 AM

Country: Nepal
City: Province 3, Kathmandu, Nepal
Please find the news link. In 7th Feb. we organize the event on the ocasion of interfaith harmony week so here are the news link of Nepal which we are doing. http://chautaripostonline.com/2019/02/5414/ विश्वअन्तरआस्था मेलमिलाप सप्ताह सम्पन्न February 10, 2019 by Chautari Post Online काठमाण्डौँ । विश्व अन्तरआस्था मेलमिलाप सप्ताहको अवसर पारी धार्मिक चौतारी नेपालको आयोजनामा अन्तरसम्वाद साँझ सम्पन्न भएको छ । धार्मिक चौतारी नेपालका अध्यक्ष टंक सुवेदीको सभापतित्व रहेको सो कार्यक्रममा चौतारीका राष्ट्रिय संयोजक वि.पी. खनाल र अन्तरधार्मिक शान्ति तथा मेलमिलापका लागि लामो समयदेखि सक्रिय रहँदै आएका वरिष्ठ मानवअधिकारवादी नरेन्द्र पाण्डेको संयुक्त पहलमा आयोजित कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु तथा धार्मिक अगुवाहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा विभिन्न धार्मिक संगठनका प्रतिनिधिहरु जस्तै, अन्तरधार्मिक सञ्जाल नेपालका अध्यक्ष नमन उपाध्याय, सोही सञ्जालका महासचिव केशव चौलागाँई अन्तरधार्मिक शान्ति महासंघका पूर्वाञ्चल सदस्य कुवेर गुरुङ, नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल, नेपाल बोद्ध महासंघका उपाध्यक्ष आर्चाय नोर्बु शेर्पा, विश्व सुसमाचार दिवस नेपालका पूर्वाञ्चल संयोजक राजकुमार राई र सञ्चारकर्मीहरुको समेत उपस्थिति थियो । वर्तमान संविधान तथा फौजदारी कानुनले निरन्तरता दिएका पुरानै विभेदकारी प्रावधानहरुको कारण उत्पन्न विसम परिस्थिति र सोबाट प्रताडित अल्पसंख्यक धार्मिक समुदायहरुको चासोका विषयमा गम्भिर छलफल गरिनुका साथै आगामी दिनहरुमा धार्मिक चौतारीलाई आवश्यकता अनुसार स्थानीय जनस्तरमा कसरी पु-याउन सकिन्छ भन्ने विषयमा विभिन्न व्यक्तिहरुले आ–आफनो धारणा राख्नुका साथै कसरी आपसमा धार्मिक सद्भाव र सहिष्णुता कायम गरी देशमा शान्ति स्थापना गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको थियो । विश्वमा धर्म आस्थाको आधारमा हुने विभेद अन्याय तथा धार्मिक अतिवादका कारण उत्पन्न हुने हिंसात्मक गतिविधिको अन्त्यका लागि विश्वव्यापी चासो बढिरहेको अवस्थामा संयुक्त राष्ट्र संघद्वारा आयोजित एक कार्यक्रममा जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सन् २०१०मा प्रस्ताव गरे अनुसार फेब्रुवरी १ देखि मार्च २ सम्मको दिनलाई विश्व अन्तरआस्था मेलमिलाप सप्ताहको रुपमा संसारभर मनाउन थालिएको हो ।