धर्म तथा आस्थाको स्वतन्त्रताका लागि सर्वपक्षीय थालनी गरिँदै

In by

More

2019-01-25 1:00 PM - 4:00 AM

Country: Nepal
City: Kathmandu
January 25, 2019 by Chautari Post Online सर्लाही/वुटवल/ धर्म तथा आस्थाको स्वतन्त्रता स्थापित गर्ने उद्देश्यमा केन्द्रित रही सांसद र नागरिक समाजको संयुक्त प्रयत्नमा आ-आफ्नो क्षेत्रबाट योगदान दिन र सहकार्य गर्नका लागि सबै पक्षलाई जुटाउन धर्म तथा आस्थाको स्वतन्त्रताका लागि सांसदहरूको अन्तरराष्ट्रिय मञ्च नेपाल च्याप्टरले एक योजना तय गरिएको छ । सोअनुसार आगामि चैत्र १९ गते प्रदेश नं. २ स्तरीय सरोकारवाला सबै पक्षलाई भेला गरी वृहत् अन्तरक्रियात्मक कार्यक्रम गर्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ । माननीय रवीन्द्र बैठाको संयोजकत्वमा सम्पन्न उक्त योजना बैठकमा धर्म तथा आस्थाको स्वतन्त्रताका लागि सांसदहरूको अन्तरराष्ट्रिय मञ्च नेपाल च्याप्टरका राष्ट्रिय संयोजक बि.पी. खनाल, महासचिव मुकुन्द शर्मा र स्थानीय प्रदेशका जिल्ला संयोजकहरू क्रमश; राजकुमार घिमिरे पर्सा जिल्लाबाट नेमा लामा बारा र रौतहटबाट , दिपक बलम्पाकी, सर्लाहीबाट बिकाउ राउत र धनुषा जिल्लाबाट समेतको प्रतिनिधिहरुको योजना बैठकमा सक्रिय सहभागीता रहेको थियो ।त्यसैगरी प्रदेश नं. ५ को राजधानीमा वुटवलमा पूर्व सांसद विनोद पहाडीको संयोजकमत्वमा आयोजित एक भेलाले धर्म तथा आस्थाको स्वतन्त्रताको वर्तमान अवस्था संविधान तथा कानुनमा गरिएको विभेदकारी व्यवस्था तथा राजनीतिक सामाजिक परिस्थितीका बारेमा गम्भिर अन्र्तक्रिया सम्पन्न भएको छ । सो भेलामा प्रदेश ५ का सांसद कमला विश्वकर्मा, दिपा विश्वकर्मा लगायत सम्बन्धित सरोकारमा जुटेका अभियानकर्मीहरुको सहभागीता रहेको उक्त भेलाले आगामी दिनमा प्रदेश नं. ५ अन्र्तगत रहेका सबै स्थानीय तहसम्म धर्म तथा आस्थाको स्वतन्त्रताका विषयमा सचेतना जगाउने र सरोकारवाला पक्षहरुलाई धार्मिक सहिष्णुता कायम राख्न र मुलुकमा शान्ति र समृद्धिको लागि एकजुट गराउने प्रयास गर्नुका साथै आगामी वैशाखमा एक वृहत कार्यशाला सम्पन्न गर्ने निर्णय गरेको छ । कार्यक्रममा प्रदेश सांसदहरु, मानवअधिकारकर्मी र मिडियाकर्मीहरुको सक्रिय सहभागीता रहेको थियो । सोही क्रममा आइपिपिफोर्ब नेपाल च्याप्टरको सचिवालय समुहको नेतृत्वमा नेपाल ख्रीष्टियन समाज प्रदेश नं. ५ का अध्यक्ष चित्र गुरुङ, सचिव अर्जुन चौधरी र पूर्वाञ्चल इसाई समाजका अध्यक्ष कुवेर गुरुङ समेतले सभामुख माननीय पूर्ण बहादुर धर्तीसँग छुट्टै भेटघाट गरी धर्म तथा आस्थाको स्वतन्ताका बारेमा छलफल गरिएको छ ।